एआईको प्रयोगबाट हुने भ्रामक प्रचारसँग लड्न गुगलको नयाँ नीति « Eglish Khabarhub

एआईको प्रयोगबाट हुने भ्रामक प्रचारसँग लड्न गुगलको नयाँ नीति



काठमाडौं । गुगलले एआई (कृतिम बुद्धिमत्ता)को प्रयोगबाट फैलिने भ्रामक तथा गलत सूचनाविरुद्व लडनका लागि नयाँ नीति ल्याएको छ।

कम्पनीले चुनावी प्रचारका लागि गरिने विज्ञापनहरुमा सामग्री एआईको प्रयोगबाट बनेको हुन वा होइनन् भन्ने खुलस्त पार्नपर्ने नीीत ल्याएको हो। यो नीति नोमेम्बरको मध्यबाट लागु हुने गुगलले जनाएको छ ।

यो नीतिअन्तर्गत चुनावी प्रचारसँग सम्बन्धित सामग्री, चाहे ती तस्बिर, भिडियो वा अडियो हुन्, यीनिहरु एआईको प्रयोगबाट निर्माण गरिएको भएमा त्यसलाई उल्लेख गर्नुपर्ने छ । गुगलका सम्पूर्ण प्लेटफर्म युट्युब, ब्लगलगायतमा यी सामग्रीहरु राख्दा एआईको प्रयोग भएको विषयलाई उल्लेख गर्नुपर्ने नीतिले व्यवस्था गरेको छ ।

यो नीति जेनेरेटिभ एआईको बढ्दो प्रयोगलाई सम्बोधन गर्दै ल्याइएको हो । अहिले स्क्रिप्ट लेखन, भिडियो निर्माण, तस्बिर निर्माण तथा अडियोको रुपमा पनि एआईको प्रयोगबाट सामग्री उत्पादन गर्न सम्भव छ । डिपफेकजस्ता परिस्कृत एआईको प्रयोगबाट सत्य र भ्रामक तथा गलत सूचनाबीचको फरक ठम्याउन कठिन हुने अवस्था सिर्जना भएको छ । गुगलले यस्तै समस्याहरुलाई सम्बोधन गर्नका लागि नयाँ नीति ल्याएको हो ।

गुगलले स्पष्ट पारेअनुसार विज्ञापनमा भएका सामग्रीहरुमा दाबी गरिएको कुरा प्रत्यक्ष रुपमा सान्दर्भिक छन् भन्ने कुरालाई उल्लेख गरिनुपर्नेछ । एआईको प्रयोग भएको कुरालाई पनि स्पष्टरुपमा उल्लेख गरेर मात्रै विज्ञापनहरु गर्न सकिने गुगलले जनाएको छ ।

Publish on: