![](https://internal.appharu.com/wp-content/uploads/2023/08/pakrau_jail-768x403.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन २ गते बरामद भएको ६० किलो ७१८ ग्राम सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष शिवकुमार सर्राफलाई पक्राउ गरेको हो ।
राजस्व अनुसन्धान विभागको टोलीले गएको बरामद गरेको सुनमाथि अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा हालसम्म २७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS