![](https://internal.appharu.com/wp-content/uploads/2023/08/commercial-banks-20-new.png)
काठमाडौं । बैंकको जागिर, काम गर्न जति नै समय दिनुपर्छ त्यहीअनुसार कम्पनीले दिने विभिन्न सेवा सुविधाले कर्मचारीलाई पनि काम गर्न निकै उर्जा दिने गर्छ । त्यही भएर पनि जागिर खान चाहनेको रोजाइमा पर्छ, बैंकको जागिर ।
विभिन्न सुविधा, कर्मचारीले पाउने बोनस लगायतले बैंकमा काम गर्नका लागि धेरैलाई लालयित बनाउने गर्छ । जुन कम्पनीले कर्मचारीले गरेको मेहनतका कारण कम्पनी माथी उठ्दै छ भनेर सोच्छ, यसले कर्मचारीलाई दिने सुविधामा ध्यान दिएको हुन्छ । कर्मचारीले जब धेरै सुविधा पाउँछन्, तब कम्पनीप्रति झनै प्रतिबद्ध भएर काम गर्नेछन् । त्यसका लागि कर्मचारीले पाउन बोनसले पनि धेरै सहयोग गर्ने गरेको बताइन्छ । विभिन्न ११ वटा बैंकले गत आवमा कर्मचारीलाई दिने बोसन बढाएका छन् ।
अघिल्लो आवभन्दा गत आवमा नबिल बैंकले कर्मचारीलाई दिने बोनस ५१.८० प्रतिशतले बढेर १ अर्ब १९ करोड ८२ लाख ७० रुपैयाँ छुट्याएको छ । अघिल्लो आवको सोही अवधिमा ७८ करोड ९३ लाख ५० हजार रुपैयाँ रहेको थियो । यस्तै ग्लोबल आइएमई बैंकले कर्मचारीलाई दिने बोनसका लागि १ अर्ब १२ करोड २६ लाख ६० हजार रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशतले बढेर ८२ करोड २२ लाख ७० हजार रुपैयाँ रहेको छ ।
यस्तै एनआईसी एशिया बैंकले कर्मचारीका लागि बोनस बापत गत आवमा ७१ करोड ९७ लाख ८० हजार छुट्याएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ०.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ७१ करोड ५६ लाख ५० हजार रुपैयाँ रहेको थियो ।स्टयान्डर्ड चार्टर्ड बैंकले कर्मचारीलाई बोनसका लागि भन्दै ५५ करोड ९७ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ३६ करोड २ लाख ९० हजार रुपैयाँ रहेको थियो । यो अवधिमा ५५.३६ प्रतिशतले बढेको छ ।
नेपाल बैंकले कर्मचारीलाई बोनस दिनका लागि अघिल्लो आवको तुलनामा गत आवमा ३.५६ प्रतिशत बढी पैसा छुट्याएको छ । अघिल्लो आवमा २३ करोड ६० लाख ३० हजार रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा २२ करोड ७९ लाख १० हजार रुपैयाँ रहेको थियो ।
एभरेष्ट बैंकले कर्मचारीलाई दिने बोनस ३० प्रतिशतले बढेर ५२ करोड ३८ लाख ५० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ४० करोड २९ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
कृषि विकास बैंकले गत आवमा कर्मचारी बोनसका लागि भन्दै २४ करोड ४५ लाख २० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा २० अर्ब ८४ लाख दिएको थियो ।
लक्ष्मी बैंकले कर्मचारीलाई बोनस बापत दिने रकम ४१.४९ प्रतिशतले बढेर ३५ करोड ५० लाख २० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २५ करोड ९ लाख २० हजार रुपैयाँ रहेको थियो ।
प्रभु बैंकले कर्मचारीको बोनसका लागि ४५ करोड २६ लाख ४० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ८.९१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ४१ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।
यस्तै सानिमा बैंकले कर्मचारी बोनसका लागि ४१ करोड १९ लाख १० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.१८ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकका अनुसार नेपाल एसबिआई बैंकले कर्मचारीको बोनसका लागि छुट्याएको रकम अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको असार मसान्तमा ३५.३८ प्रतिशतले बढेर ३५ करोड ७८ लाख ६० हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २६ करोड ४३ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
SHARE YOUR THOUGHTS