मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानसभा अध्यक्ष नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय


काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

नेकपा एमालेका उपाध्यक्ष एवं सांसद नेम्वाङको आज बिहान निधन भएको हो । नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने जनाइएको छ ।