![](https://internal.appharu.com/wp-content/uploads/2023/09/foto-768x512.jpg)
काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले(का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।
नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।
उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।
SHARE YOUR THOUGHTS