१०३ प्रकारका औषधीको उत्पादन र बिक्री गर्न रोक « Eglish Khabarhub

१०३ प्रकारका औषधीको उत्पादन र बिक्री गर्न रोक



काठमाडौं । सरकारले नेपालमा १०३ प्रकारका औषधी उत्पादनको साथै त्यस्ता औषधीको विक्री वितरणमा रोक लगाएको छ ।

औषधी व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधी र त्यसकाे समिश्रणबाट उत्पादित तथा आयातमा रोक लगाएको हो ।

नेपाली उद्योगले अब ती औषधीहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन् । १०३ प्रकारका औषधी दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्ससमेत नदिने विभागले जनाएको छ ।

हाल बजारमा त्यस्ता औषधीहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधी फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ ।

Publish on: