एप्पलले नयाँ भर्सनको अपरेटिङ सिस्टम सार्वजनिक गर्दै « Eglish Khabarhub

एप्पलले नयाँ भर्सनको अपरेटिङ सिस्टम सार्वजनिक गर्दै



काठमाडौं । टेक कम्पनी एप्पलले आज आफ्नो अपरेटिङ सिस्टमको नयाँ भर्जन सार्वजनिक गर्दैछ । एप्पलले १८ सेप्टेम्बरमा आईओएस १७ को स्टेबल भर्जन सार्वजनिक गर्न लागेको हो । सबै एप्पल प्रयोगकर्ताहरुका लागि नयाँ अपरेटिंग सिस्टम सार्वजनिक हुन लागेको हो ।

कम्पनीकाअनुसार बेटा प्रयोगकर्ताहरुले सबैभन्दा पहिले यसको प्रयोग गर्न पाउनेछन् । तीन महिनाअघि एप्पले आफ्नो नयाँ अपरेटिंग सिस्टम आईओएस १७ को विषयमा जानकारी दिएको थियो ।

नयाँ अपरेटिंग सिस्टममा लाइभ भ्वाईस मेल, फेसटाइम म्यासेज रेकर्ड गर्ने सुविधा, पर्सनलाइज्ड (आफूले चाहेअनुसारको) कन्ट्याक्ट पोस्टरसहित अन्य विभिन्न सुविधाहरु हुने कम्पनीले बताएका छन् ।

नयाँ अपरेटिंग सिस्टममा नेमड्रपको फिचर पनि कम्पनीले दिएको छ । यो सुविधामार्फत दुई आईफोन प्रयोगकर्ताहरुले आफ्नो फोनलाई एकअर्काको नजिक ल्याएर कन्ट्याक्टहरु साझा गर्न सक्नेछन् । यो फिचरको प्रयोग गरेर कन्ट्याक्टमा भएको नाम, मोबाइल नम्बर, इमेललगायत साझा गर्न सकिनेछ ।

त्यस्तै, आईओएस १७ मा लाईभ भ्वाई मेलको फिचर पनि हुनेछ । यो सुविधाको प्रयोग गरेर फोन आएको खण्डमा फोन नउठाई पनि फोन गर्ने व्यक्तिले दिएको म्यासेज वा भन्न खोजेको कुरा सुन्न सकिनेछ । यसको अर्थ कसैले फोन गर्दा फोन नउठेमा उसलाई भ्वाईस मेल छाड्न सकिनेछ । यो सुविधालाई पहिलो पटक प्रयोग गर्नका लागि भने एप्पलको आईफोन प्रयोगकर्ताहरुले आफ्नो सेटिंगमा गएर यसलाई अन गर्नुपर्नेछ ।

आईओएस १७ मा कम्पनीले स्ट्यान्डबाइ मोड पनि दिएको छ । यसको अर्थ फोनलाई ल्याण्डस्केप मोडमा राख्दा स्वचालित रुपमा नै यो फिचर सुरु हुनेछ । स्ट्यान्डबाइ मोडमा आईफोनको स्क्रिनमा समय, मिति, लाईभ क्रियाकलाप, विजेट्स, स्मार्ट स्टैक्सलगायतको जानकारी दिइनेछ ।

त्यस्तै, आईओएस १७ मा कम्पनीको आफ्नै भ्वाईस असिसटेन्ट सिरीलाई हे सिरि नभनेर सिरी मात्रै भन्दा पनि प्रयोग गर्न पाइने सुविधा दिइएको छ । यसको अर्थ हे सिरि भन्दा फोनको भ्वाईस असिसटेन्ट नखुल्ने भन्ने होइन । दुवै कमान्ट दिँदा भ्वाईस असिसटेन्ट खुल्ने कम्पनीले जनाएको छ ।

Publish on: