![](https://internal.appharu.com/wp-content/uploads/2018/08/Nepal-Electricity-Authority.jpg)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १०४ जना कर्मचारीहरुको एकै साथमा सरुवा भएको छ ।
प्राधिकरणले आइतबार एकै साथ १०४ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको हो । यसरी सरुवा हुने कर्मचारीहरुमा निर्देशक, प्रबन्धक, उपप्रमुख, सहायक प्रबन्धक, इन्जिनियरलगायत रहेका छन् ।
हाल कार्यकारी निर्देशकको सचिवालयमा कार्यरत रहेका निर्देशक कमल आचार्यलाई गण्डकी प्रदेशको प्रादेशिक कार्यालय पोखराको प्रमुख बनाइएको छ ।
त्यस्तै, बागमती प्रदेशको प्रदेश डिभिजन कार्यालय हेटौंडामा प्रबन्धकका रुपमा रहेका दिपेन्द्र राज द्विवेदीलाई संस्थागत योजना महाशाखाअन्तर्गतको संस्थागत योजना तथा अनुगमन विभागमा सरुवात गरिएको छ ।
संस्थागत योजना महाशाखाअन्र्गतको संस्थागत योजना तथा अनुगमन विभागमा प्रबन्धक रहेका मनोज कुमार यादवलाई भने बागमती प्रदेशको प्रदेश डिभिजन कार्यालय हेटौंडाको प्रमुख पदमा सरुवा गरिएको छ ।
त्यस्तै, ११ जना उपप्रवन्धकहरुलाई पनि सरुवा गरिउको छ । विभिन्न वितरण केन्द्रमा रहेका उपप्रबन्धकहरुलाई सरुवा गरिएको हो । २४ जना सहायक प्रबन्धक र ६६ जना इन्जिनियरहरुको पनि एक साथ सरुवा भएको छ ।
SHARE YOUR THOUGHTS