हुम्लाको नाम्खा गाउँपालिकाले शिक्षकलाई भन्यो- पठनपाठन नियमित सहभागी हुनू « Eglish Khabarhub

हुम्लाको नाम्खा गाउँपालिकाले शिक्षकलाई भन्यो- पठनपाठन नियमित सहभागी हुनू


३ आश्विन २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

हुम्ला । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालयका शिक्षक विरोधमा उत्रिएका बेला हुम्लाको नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ ।

गाउँपालिकाले मंगलबार सूचना प्रकाशित गरी सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा नियमित पठनपाठन गराउन पालिकामातहतका मावि, निमावि र आधारभूत विद्यालयलाई निर्देशन दिएको हो ।

संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको सेवा, सुरक्षा, वृत्तिविकासलगायत हकहितका विभिन्न महत्वपूर्ण विषयमा भएको अस्पष्टताविरुद्ध देशभरका विद्यालय बन्द गरी शिक्षकहरु आन्दोलनमा उत्रिने जानकारी प्राप्त भए पनि विद्यालय बन्द नगर्न गाउँपालिकाले सूचित गरेको छ ।

शिक्षकले उठाएका विभिन्न माग र आवाज एकदमै यथार्थपरक र जायज भए पनि स-साना बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी पठनपाठनको कार्यलाई गम्भीरतापूर्वक लिई माग र मुद्दाका विषयमा केन्द्रमा छलफल भइरहेकाले बालबालिकाको पठनपाठनमा बाधा वा असर नपर्ने गरी विद्यालय नियमित गर्न गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शिक्षा विधेयकको समस्या देशभरको भए पनि विद्यालय बन्द नगरी पढाइ सञ्चालनमा राख्न गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयलाई निर्देशन दिएको थियो । गाउँपालिकामा एउटा माध्यमिक र १५ आधारभूत विद्यालय छन् । सोही गाउँपालिका-६ को लिमीका दुई विद्यालयमा नियमित पठनपाठन जारी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ००:००  ५ : २८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping