बागमती प्रदेशका मुख्यमन्त्रीले भने- बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउनुस् « Eglish Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्रीले भने- बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउनुस्


४ आश्विन २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकामा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्यका साथ अघि बढ्न आग्रह गरे ।

मुख्यमन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रका नागरिकसम्म बीमाको पहुँच बढाउन र बीमा दाबी भुक्तानी प्रक्रियालाई सरल एवं सहज बनाउन ध्यानाकर्षण गराए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बीमा नीति निर्माणका साथै बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकारसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए ।

अध्यक्ष सिलवालले प्रदेश सरकारले अनुदानको रकम घटाएर विपन्न वर्गको बीमा गर्नु उपयुक्त हुने सुझाव दिँदै बीमाबाट विपन्न वर्गको आर्थिक रक्षावरण हुनुका साथै गरिबी न्यूनीकरणमा समेत योगदान पुग्ने तर्क गरे ।

कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सवेदीले बीमासम्बन्धी समग्र विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रमका सहभागीले बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बीमाबारे नागरिकलाई जानकारी दिई बीमा गर्न प्रेरित गर्नुपर्ने, प्रदेश सरकारले नै लोपोन्मुख जातिको बीमा गर्नु उचित हुने, बीमा दाबी भुक्तानी प्रक्रिया सरल एवं सहज हुनुपर्ने, बीमा कम्पनीहरू गाउँ–गाउँमा जानुपर्ने, बीमा कम्पनीले निर्जीवन बीमा खुसी भएर गर्ने तर बीमा दाबी भुक्तानी दिँदा भने दुःख दिने प्रवृत्ति हटाउनुपर्ने, बीमालेखलाई सरल र छोटो बनाउनुपर्नेलगायतका धारणा राखेका थिए ।

कार्यक्रममा बागमती प्रदेशका मन्त्री, प्रमुख सचिव, बीमा प्राधिकरणका कार्यकारी निर्देशक, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश मन्त्रालयहरूका सचिव, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार ००:००  ९ : ३३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping