२९ मंसिर २०८२, आइतबार

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५५० रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ कायम भएको छ ।