सुजुकीको चाडपर्व विशेष योजनाः बाँडौं खुसी, चढौँ सुजुकी « Eglish Khabarhub

सुजुकीको चाडपर्व विशेष योजनाः बाँडौं खुसी, चढौँ सुजुकी



काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता भिजि अटोमोबमाइल्स प्रालिले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । भिजिले मोटरसाइकल तथा स्कुटर खरिदमा दसैंतिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौं खुसी, चढौँ सुजुकी’ स्किम ल्याएको हो ।

स्किमअन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँ छुट पाउनेछन् । कुनै पनि सुजुकी ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १० हजार थप मूल्यांकन प्राप्त हुने कम्पनीले जनाएको छ ।

कम्पनीले शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याकस फ्री हुने पनि जनाएको छ । यो स्किमअन्तर्गत कम्पनीले हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीका अनुसार यो स्किम दसैं, तिहार र छठका लागि लागू गरिएको हो ।

Publish on: