धमाधम पब्लिकमा जाँदै वायुसेवा कम्पनी, व्यवसाय विस्तार गर्न सेयर जारी गर्ने तयारी « Eglish Khabarhub

धमाधम पब्लिकमा जाँदै वायुसेवा कम्पनी, व्यवसाय विस्तार गर्न सेयर जारी गर्ने तयारी


१२ आश्विन २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

कुनै समय नेकोन एयरमात्र सेयर बजारमा सूचीकृत भएकोमा एकपटक फेरि वायुसेवा कम्पनीहरु व्यवसाय विस्तार गर्न धमाधम सेयर बजारमा सूचीकृत हुने भएका छन् । सीता एयर, यति एयरलाइन्स र कैलाश हेलिकप्टर सर्भिसेसले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया सुरु गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीलाई न्यूनतम ३ वटा जहाज हुनुपर्ने व्यवस्था कार्यान्वयमा कडाइ गर्न थालेपछि कम जहाज हुने कम्पनीले  पब्लिक लिमिटेडमा रुपान्तरित भएर पुँजी वृद्धि गर्दै जहाज थप्न आईपीओ गर्ने रणनीति अपनाउने भएका हुन् ।

प्राधिकरणले हवाई नीति २०६३ मै भएको व्यवस्थालाई कार्यान्वयन गराउन खोजेपछि एउटा र दुईवटा मात्रै जहाज राखेर उडान गरिरहेका वायुसेवा कम्पनीले नयाँ जहाज थप्ने विकल्पस्वरुप आइपीओ जारी गर्ने रणनीति अपनाउने भएका हुन् । यसका लागि कम जहाज भएका वायुसेवा कम्पनी धमाधम पब्लिक लिमिटेडमा जान थालेका छन् ।

प्राधिकरणले हवाई नीतिमा भएको व्यवस्थालाई कडाइ गर्दै न्यूनतम ३ वटा जहाज राख्नुपर्ने र पाँच वर्षमा ५ वटा बनाउनुपर्ने गरी हवाई उडान अनुमतिपत्र (एओसीआर) संशोधन गरेको छ । संशोधनसँगै अब एकपछि अर्को वायुसेवा कम्पनी पब्लिकमा जान लागेका हुन् ।

आन्तरिक उडानको हेलिकप्टर कम्पनी कैलाश हेलिकप्टरले मंगलबारमात्रै पब्लिकमा जाने निर्णय गरेको छ । कैलाश हेलिकप्टरले सर्भिसेस प्रालिले व्यापारिक रणनीति परिवर्तन गर्ने प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए ।

उनका अनुसार कैलाश हेलिकप्टर अब पब्लिक कम्पनीमा परिणत भएको छ । कैलाश हेलिकप्टरले थप उत्कृष्ट तथा परिष्कृत सेवा प्रदान गर्न आईपीओ जारी गरेर पुँजी वृद्धि गर्नेछ । पब्लिक कम्पनी भएपछि कैलाशले आइपीओमा जाने प्रक्रिया अगाडि बढाउने अनि हेलिकप्टर पनि थप गर्दै जाने पाण्डेले क्लिकमान्डुलाई जानकारी दिए ।

कैलाशको रणनीतिअनुसार सन् २०२४ मा एक थान, सन् २०२६ मा एक थान हेलिकप्टर थप गरी सन् २०२६ सम्ममा ५ वटा हेलिकप्टर पुर्‍याइनेछ ।

समिट एयरले पनि आवश्यकताअनुसार पब्लिकमा जान सकिने जानकारी दिएको छ । समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले भने, ‘जहाज संख्या बढाउन मात्रै नभएर सेवाको दायरा पनि बढाउनुपर्नेछ । अहिले उड्डयन प्राधिकरणको नियमका कारण असहज भएका वायुसेवाले पब्लिकमा गएर आईपीओको तयारी गर्न थालेका हुन् । समिटले पनि आवश्यकताअनुसार निर्णय गर्दै जानेछ ।’

हेलि एभरेष्टका सञ्चालक सीताराम सापकोटा भने एउटा वायुसेवाले आइपीओ जारी गर्ने भनेपछि अरु पनि आवश्यकता बिना नै रुचि देखाइरहेको तर्क गर्छन् ।

‘आईपीओमा जानु कुनै फेसन होइन, एउटाले व्यावहारिक अभ्यास गरेपछि सफल भएको अवस्थामा अरुले पनि त्यसलाई अपनाउन सक्छन्, जसलाई स्वाभाविक मान्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामी चाहिँ अरुले आईपीओमा जाने निर्णय गरे भन्दैमा हतार गरिहाल्ने अवस्थामा छैनौँ ।’

साझेदार भित्र्याउँदै यति एयर

वैशाख २७ मा यति एयरलाइन्स पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । यति एयरले ४९ प्रतिशतको साझेदार भित्र्याउने रणनीति बनाएर पब्लिकमा जाने निर्णय गरेको हो । यतिले संस्थागत साझेदारका रूपमा एसियन लाइफलाई भित्र्याउने भएको हो ।

एसियन लाइफलाई भित्र्याउन यति एयरलाइन्सले उद्देश्य परिवर्तन गरेर संस्थागत साझेदार भित्र्याउन बाटो खुला गरिसकेको छ भने एसियन लाइफले पनि बीमा प्राधिकरणबाट यतिमा लगानी गर्न अनुमति मागेको छ । बीमा प्राधिकरणको अनुमतिपछि एसियन लाइफले यतिको सेयर प्रिमियममा खरिद गर्ने तय भइसकेको छ ।

हाल २ अर्ब चुक्तापुँजी रहेको यति एयरसँग ५ वटा एटीआर जहाज छन् । यतिले नयाँ साझेदार भित्र्याएसँगै जहाज संख्या पनि बढाउने जनाएको छ । हवाई व्यवसायमा मन्दी आइरहेको कारण यतिले पनि साझेदार खोजेको जानकारी दिएको छ ।

नेपालमा एसियन लाइफमा कुरा भइरहेको भएसँगै दुबाई र भारतीय साझेदारसँग पनि कुरा भइरहेको यति एयरले जनाएको छ । नेपालमा विदेशी लगानी भित्र्याउन भएका अप्ठ्यारा प्रावधानका कारण टुंगो भने लागिनसकेको यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

साझेदार यही नै हुन्छ भनेर कुनैसँग पनि अन्तिम चरणमा नपुगेको उनले जानकारी दिए । उनले संस्थागत साझेदारको रुपमा एसियन लाइफलाई भित्र्याउने कुरा भए पनि विदेशी लगानीकर्ता भने टुंगो लागि नसकेको बताए । बर्तौलाका अनुसार व्यवस्थापनले पब्लिकमा जाने निर्णय गरिसकेकोले अब पुँजीवृद्धिसँगै जहाज संख्या बढाउन आईपीओमा जाने तयारी भने भइरहेको छ । अब सानो क्षमतामा सञ्चालन गर्नुभन्दा ठूलो क्षमता नै बनाउने निर्णयमा यति एयर पुगेको पनि बर्तौलाले बताए ।

आन्तरिक वायुसेवा कम्पनीको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले भने तत्काल पब्लिकमा जाने कुनै योजना र तयारी नभएको बताएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत पब्लिकमा जानुपर्ने कुनै आवश्यकता आफूहरूलाई नभएको बताउँछन् । उनले क्लिकमान्डुसँग भने, ‘पब्लिकमा जानलाई लगानीको क्षेत्र विस्तार गर्ने, ऋणमा डुबेर उकासिनुपर्ने वा पब्लिकमा गएका छौं भनेर बहानाबाजी मात्रै गर्ने काम हामीलाई गर्नुपर्ने छैन ।’

त्यसो त आन्तरिक वायुसेवाको अर्को कम्पनी सीता एयर भने २ वर्षअघि नै पब्लिक लिमिटेड कम्पनी भइसकेको छ । सीता एयर जहाज संख्या थप गर्न र बजार रणनीति परिवर्तन गर्न पब्लिक कम्पनीमा गएको हो । जनतालाई सेयर दिँदा घाटाको ब्यालेन्स सिटबाट जानु हुँदैन भन्ने मान्नता राखेको सीता एयरले जनाएको छ । कम्पनीले हालका वर्षमा नाफा बढाउँदै लगेको जानकारी दिएको छ ।

जहाज कम्पनीलाई नाफामा चलाएर जनतामा जान सकिएको अवस्थामा सकारात्मक सन्देश जाने बुझाइ पनि यस वायुसेवाका एक सञ्चालकले क्लिकमान्डुलाई बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ००:००  १० : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping