च्याटजीपीटी २०२१ सम्म सीमित नरहने, अद्यावधिक इन्टरनेटमै आधारित जानकारी दिने « Eglish Khabarhub

च्याटजीपीटी २०२१ सम्म सीमित नरहने, अद्यावधिक इन्टरनेटमै आधारित जानकारी दिने


११ आश्विन २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । जेनेरेटिभ एआई च्याटजीपीटी अब सन् २०२१ सम्मको जानकारीमा मात्रै सीमित नहुने भएको छ ।

च्याटजीपीटीको मूल कम्पनी ओपन एआईले जानकारी दिएअनुसार अब प्रयोगकर्ताहरुले च्याटजीपीटीमार्फत इन्टरनेटमा रहेका अद्यावधिक जानकारीहरु (रियल टाइम) कै आधारमा सूचनाहरु पाउनेछन् ।

यसअघि सन् २०२१ सम्म इन्टरनेटमा भएका जानकारीहरुमा आधारित विवरण मात्रै दिँदै आएको च्याटजीपीटीले अब भने इन्टरनेटमा भएकै जानकारीहरु पनि दिन सक्ने भएको हो ।

च्याटजीपीटीको मूल कम्पनी ओपन एआईले ‘एक्स’ (पूर्व ट्विटर) मा जानकारी दिएअनुसार वर्तमान र सत्य जानकारीहरुमा आधारित सामग्री च्याटजीपीटीमार्फत खोज्न सकिनेछ । च्याटजीपीटी अब सन् २०२१ सम्म मात्रै सीमित नरहने भएको हो ।

‘च्याटजीपीटीले अब तपाईंलाई हालको र सत्य जानकारी दिनका लागि इन्टरनेटको ब्राउज गरेर स्रोतबाट नै जानकारी दिन सक्नेछ’, ओपन एआईले एक्समा भनेको छ, ‘अब च्याटजीपीटी सन् २०२१ सेप्टेम्बरसम्मको डाटामा मात्रै सीमित छैन ।’

ओपनएआईले यसअघि गत साता ‘भ्वाईस’ मार्फत पनि च्याटजीपीटीको प्रयोग गर्न सकिने जनाएको थियो । च्याटजीपीटी इतिहासकै तीव्र गतिमा अघि बढिरहेको इन्टरनेटमा आधारित स्टार्टअप कम्पनी हो।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार ००:००  ५ : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping