ट्यांकरबाट इन्धन तस्करी, भन्सारमै जाँच्न थालियो तौल « Eglish Khabarhub

ट्यांकरबाट इन्धन तस्करी, भन्सारमै जाँच्न थालियो तौल


१२ आश्विन २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको तस्करी हुने गरेको पाइएको छ । नेपालभन्दा भारतमा पेट्रोल सस्तो भएपछि तस्करी हुन थालेको हो ।

पेट्रोलियम पदार्थको तस्करीमा ट्यांकर व्यवसायी नै संलग्न रहेको पनि फेला परेको छ । नेपालको तुलनामा भारतमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा सस्तो पर्छ । केही वर्षअघिसम्म भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएर भारततर्फ तस्करी हुँदै आएको थियो ।

भारतमा मूल्य सस्तो भएपछि बरौनीस्थित रिफाइनरीबाट पेट्रोल ढुवानी गर्दैआएका ट्यांकर चालक र ढुवानीकर्ता प्रडक्ट डिलेभरी अर्डर(पीडीओ) बाहेक थप परिमाणमा इन्धनको तस्करी गर्दै आएको अवस्थामा ट्यांकरलाई वीरगञ्जस्थित भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका हुन् ।

स्रोतकाअनुसार भारतको बरौनीस्थित रिफाइनरीबाट २० हजार लिटर पेट्रोल लिएर आएको भन्दै घोषणा गरेको ना ४ ख ३१५६ नम्बरको ट्यांकरलाई नियन्त्रणमा लिएपछि तस्करीको रहस्य खुलेको हो ।

नियन्त्रणमा लिइएको ट्यांकरलाई एकीकृत सुरक्षा जाँच चौकीमा जाँच गर्दा घोषित परिमाण बाहेक १ हजार ७ सय ९७ लिटर बढी पेट्रोल बोकेर ल्याइएको फेला पारिएको वीरगञ्जस्थित भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले जानकारी दिए ।

उनका अनुसार ट्यांकर ढुवानीकर्ताले भारतबाट अतिरिक्त परिमाणमा इन्धन ल्याएर नेपाली पम्पलाई बिक्री गर्दैआएका छन् । पम्प सञ्चालकले नेपालमा विद्यमान मूल्यमा उक्त पेट्रोल बिक्री गरि नाफा आर्जन गर्दैआएका छन् ।

यो घटना सार्वजनिक भए पनि भन्सार कार्यालयले अमलेखगञ्जस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोको सहकार्यमा वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा भारतबाट इन्धन बोकेर आउने ट्यांकरको तौल गर्न सुरु गरेको छ । यस अघिसम्म भारतीय एकीकृत सुरक्षा जाँच चौकीले त्यस्तो ट्यांकरको तौल परीक्षण गर्ने काम गर्दै आएको थियो ।

‘भारतीय एकीकृत सुरक्षा जाँच चौकीमा तौल परीक्षण भए पनि घोषित परिमाणभन्दा बढी परिमाणमा इन्धन भेटिन थालेकाले तस्करी नियन्त्रण गर्न हाम्रो तर्फको जाँच चौकीमा पनि तौल परीक्षण कार्य सुरु गरेका हौं,’ बरुवालले भने,‘यो व्यवस्थाले इन्धनको तस्करी नियन्त्रण हुने हाम्रो अपेक्षा छ ।’

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट हालसम्म डिजेल मात्रै आयात भइरहेको छ । पेट्रोल भण्डारणको लागि आवश्यक भौतिक पूर्वाधारको निर्माण कार्य सम्पन्न नभएकाले पेट्रोल ट्यांकरबाटै आयात भइरहेको छ । वीरगञ्ज नाकामार्फत दैनिक करिब ९० ट्यांकरले भारतबाट पेट्रोल आयात गर्दैआएका छन् ।

उता अमलेखगञ्जस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोका प्रमुख विनितमणि उपाध्यायले उल्लेखित परिमाणबाहेक अतिरिक्त इन्धन भारतबाट ल्याउन नपाउने जानकारी दिए ।

पेट्रोलियम पदार्थ ढुवानी विनियावली २०७३ विपरित उल्लेखित परिमाणबाहेक अतिरिक्त इन्धन ल्याइएको फेला परे सोहि विनियावलीअनुसार ढुवानीकर्ता र चालकलाई कारबाहीको दायरामा ल्याइने उपाध्यायले जानकारी दिए ।

‘हामीले विनियावली र कार्यविधि विपरित कार्य नगर्न सम्बन्धित ढुवानीकर्तालाई पत्राचार गरि सचेत गराएका छौं,’ उपाध्यायले भने,‘पत्र पठाइसक्दा पनि अटेर गरी गैरकानुनी रुपमा इन्धन ल्याएको पाइएमा कारबाहीको दायरामा ल्याउछौं । गैरकानुनी रुपमा इन्धन आयात नहोस् भन्ने उद्देश्यले भन्सार कार्यालयको सहकार्यमा नेपालपट्टिको जाँच चौकीमा तौल परीक्षण गर्ने काम पनि सुरु भइसकेको छ ।’

निगमसँग करार सम्झौता गरी सञ्चालन भइरहेका ट्यांकरलाई उक्त विनियावली र ट्यांट्रक लकिङ प्रणालीसम्बन्धी कार्यविधि २०७४ विपरित गैरकानुनी रुपमा काम नगर्न ढुवानीकर्ता र चालकलाई सचेत गराएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ००:००  ३ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping