गिट्टी, वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक संसदमा दर्ता गर्न सरकारलाई निर्देशन « Eglish Khabarhub

गिट्टी, वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक संसदमा दर्ता गर्न सरकारलाई निर्देशन


१२ आश्विन २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । संघीय प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ढुंगा, गिट्टी, वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन गर्न आवश्यक पर्ने विधेयक संघीय संसदमा दर्ता गर्न सरकारलाई निर्देशन दिएको छ।

शुक्रबार बसेको समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चालु अधिवेशनमा संघीय संसदमा विधेयक दर्ता गर्न निर्देशन दिएको हो ।

समितिका सभापति अब्दुल खानले क्रसर तथा खानी उद्योग सञ्चालन गर्दा आइपरेको समस्याहरुको बारेमा छलफल गर्न नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ, गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुलाई बोलाएका थिए ।

छलफलपछि सभापति खानले उक्त विधेयक दर्ता गर्न निर्देशन दिएका हुन् । यस्तै उखु खेतीको प्रवद्र्धनका लागि सरकारबाट उखु किसानलाई उपलब्ध गराउनु पर्ने अनुदान रकम हालसम्म उपलब्ध नगराइएकाले तत्कालै भुक्तानी दिन अर्थ मन्त्रालय तथा कृषि तथा पशुपन्छी मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । गत आर्थिक बर्ष २०७९/८० को उखु उत्पादन प्रवद्र्धन खर्च अनुदान रकम करिब ८० करोड रुपैयाँ हालसम्म सरकारले उखु किसानलाई उपलब्ध गराएको छैन ।

समितिले गत् आर्थिक बर्षमा उत्पादन भएको उखुको विवरणका आधारमा चालु आर्थिक बर्ष २०८०/८१ को लागि विनियोजन भएको अनुदान रकमसमेत सम्पूर्ण उखु किसानलाई उपलब्ध गराउन नपुग्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट भएको प्रस्तावअनुसार रकमको सुनिश्चितता गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

चिनी उद्योग तथा उखु किसानको समस्या समाधान र सुझाव उपसमितिको कार्यअवधी आगामी पुष मसान्तसम्म थप्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

यसबाहेक पछिल्लो समयमा नजिकिदैं गरेको चाडवाडलाई लक्षित गरी बजारमा हुन सक्ने मूल्य बृद्धि, कालोबजारीजस्ता बिषयमा कडाईका साथ बजार अनुगमन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ००:००  ४ : २० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping