पोखरा विमानस्थलमा सोझै हवाई उडान गर्नेबारे चीन सकारात्मक: प्रधानमन्त्री « Eglish Khabarhub

पोखरा विमानस्थलमा सोझै हवाई उडान गर्नेबारे चीन सकारात्मक: प्रधानमन्त्री


१३ आश्विन २०८०, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् ।

शनिबार अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताए ।

दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको उनको भनाइ छ ।

नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण शुरु गर्ने सहमति भएको उनले बताए ।

विमानस्थलमा प्रधानमन्त्रीले यसो भने

विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । चिनियाँ राष्ट्रपति शि जिनपिङसँग वार्ता भयो । द्विपक्षिय वार्तामा दुवै देशका विद्यमान अवसर र सम्भावनाहरुको भरपुर सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने सन्दर्भमा सघन छलफल गरियो ।

नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगमा खुलेर कुरा भयो । नेपाल सधैँ एक चीन नीतिमा रहेको छ । त्यसमा पुनःपुष्टि गर्दै नेपाल चीनको सम्बन्ध, पञ्चशीलको सम्बन्ध र आपसी सम्बन्धलाई भविष्यमा उचाईमा लैजाने बारेमा छलफल भयो ।

चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने मैले राखेको धारणाप्रति चीनको पूर्ण समर्थन रहने जनाउनु भयो ।

नेपाल र चीनको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल हुनुको साथै दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने कुरा भएको छ ।

नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण शुरु गर्ने भएको छ । स्याँप्रुबेसी रसुवागढी रसडक मर्मतका लागि चिनियाँ पक्ष तयार हुनुका साथै हिल्सा सिमिकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएका छन् ।

दुवै पक्ष टोखा छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तिब्र गतिका साथ अघि बढाउने कुरामा सहमति जनाउँदै काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तिब्रता दिने सहमति भएको छ । नेपाल—चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेमा सहमति भएको छ । १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चान हुने जानकारी भइसकेको छ ।

मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला चाँडै सञ्चालनमा ल्याउने सहमति भएको छ । मुस्ताङको कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति भएको छ । तिब्बत र नेपालको रेल, सडक, हवाईसेवा विद्युत प्रशारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मन्टी डाइमेन्सनल कनेक्टीभिटीको विषयलाई व्यवहारमा उतार्नेबारेमा छलफल भएको छ । लासाबाट काठमाडौं हवाई सेवा पुनः सुचारु गर्नसमेत अनुरोध गरेको छु ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार ००:००  १ : ५९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping