![](https://internal.appharu.com/wp-content/uploads/2023/10/Baideshik-rojgar-bibhag-768x520.jpg)
काठमाडौं । शंकास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको आरोपमा वैदेशिक रोजगार विभागले १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ । विभागले सूचना प्रकाशित गरी १४ वटा संस्थालाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरेको जनाएको हो ।
वैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्थाहरुले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई पठाएको भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
उक्त विषयमा भएको प्रारम्भिक अनुसन्धानबाट १४ वटा संस्था संलग्न भएको देखिएको आधारमा विभागले निलम्बन गरी थप अनुसन्धान गर्ने निर्णय गरेको छ । अन्य संस्थाको हकमा अनुसन्धान जारी राख्ने विभागले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/Manpower.png)
SHARE YOUR THOUGHTS