काठमाडौं । एकै महिनामा जीवन बीमा कम्पनीले ९ अर्ब ५२ करोड ३४ लाख ९१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
बीमा प्राधिकरणकाअनुसार भदौ महिनामा १४ वटा बीमा कम्पनीले ८ लाख १५ हजार ३६६ वटा बीमालेख जारी गर्दै ९ अर्ब ५२ करोड ३४ लाख ९१ हजार बीमाशुल्क संकलन गरेका हुन् ।
भदौ महिनामा कम्पनीहरुले ७ अर्ब ४८ करोड ५५ लाख ५६ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् भने २ अर्ब ३ करोड ७९ लाख ३५ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।
बीमा प्राधिकरणका अनुसार भदौ महिनामा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले २ अर्ब ७८ करोड ८० लाख ३४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
कम्पनीले भदौमा १६ हजार ३८२ वटा बीमालेख जारी गरेर उक्त रकम संकलन गरेको हो । यस्तै राष्ट्रिय बीमा संस्थानले ७०३ वटा बीमालेख जारी गरेर २२ करोड ५१ लाख २३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यस्तै नेशनल लाइफ इन्स्योरेन्सले ४२ हजार ४३१ वटा बीमालेख जारी गरेर १ अर्ब १० करोड ९० लाख १२ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले एकै महिनामा ३ हजार ८७४ बीमालेख जारी गरेर १ अर्ब १३ करोड ७८ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
एशियन लाइफले २९ हजार ७७८ वटा बीमालेख जारी गरेर ४० करोड ९ लाख, आइएमई लाइफले १२ हजार ८३८ वटा बीमालेख जारी गरेर २३ करोड ७१ लाख, सन नेपाल लाइफले १४ हजार ९८५ वटा बीमालेख जारी गरेर २८ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार रिलायबल नेपाल लाइफले ३० हजार ५४५ वटा बीमालेख जारी गरेर २९ करोड ४३ लाख, सिटिजन लाइफले ७३ हजार ७४ वटा बीमालेख जारी गरेर ४३ करोड १६ लाख, सूर्यज्योती लाइफ इन्स्योरेन्सले ३६ हजार ८७९ वटा बीमालेख जारी भएर ५४ करोड ५४ लाख, सानिमा रिलायन्स लाइफले १६ हजार ६१६ वटा बीमालेख जारी गरेर ३४ करोड ७८ लाख, हिमालयन लाइफले २ हजार ८३२ वटा बीमालेख जारी गरेर १ अर्ब २ करोड २ लाख र प्रभु महालक्ष्मी लाइफले २ हजार ४८ वटा बीमालेख जारी गर्दै २८ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस्तै साउन र भदौमा भने जीवन बीमा कम्पनीहरुले २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
SHARE YOUR THOUGHTS