![](https://internal.appharu.com/wp-content/uploads/2023/10/muktinath-sumeru.jpg)
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालका विभिन्न सेवा ओपिडि, आईपिडि र फारमेसीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था बैंकले गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
SHARE YOUR THOUGHTS