![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमा बोनस ८.६० प्रतिशत र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/image-22-712x768.png)
SHARE YOUR THOUGHTS