मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दसैंका लागि असोज २९ देखि नयाँ नोट साट्न सकिने, कहाँ कहाँबाट पाइन्छ ?


काठमाडौं । यस वर्षको दसैं तिहार लगायत चाडपर्वको लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्ने व्यवस्था मिलाएको जनाएको छ।

विगत वर्षमा झैं यस वर्ष पनि नयाँ नोट सटहीका लागि काठमाडौं उपत्यकाभित्र असोज २९ गतेदेखि नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र यस बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको केन्द्रीय बैंकले जनाएको छ ।

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । साथै, काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयबाट नोट सटही गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।