सुदूरपश्चिम प्रदेशमा घट्यो धार्मिक पर्यटन विकासमा हुने खर्च

सुदूरपश्चिम प्रदेशमा घट्यो धार्मिक पर्यटन विकासमा हुने खर्च


काठमाडौं । सुदूरपश्चिममा धार्मिक पर्यटन प्रबर्धन गर्नकै लागि गरिने खर्चमा ठूलामात्रा ह्रास आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको धार्मिक पर्यटनको सम्भावना र चुनौती सम्बन्धी प्रतिवेदनमा पूर्वाधार निर्माणमा हुँदै आएको खर्च खस्किएको देखाएको हो।

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ८ करोड ४८ रुपैयाँ खर्च गरिएकोमा त्यसपछिका वर्षहरुमा यस्तो रकम निरन्तर घटेको छ । जसमा आव २०७७/७८ मा ६ करोड ३२ लाख र आव २०७८/७९ मा घटेर २ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च भएको हो ।

सरकारले धार्मिक पर्यटन प्रर्बधन गर्ने घोषणा हरेक बजेटमा गर्दै आए पनि पूर्वाधार अभावमा पछाडि परेका सुदूरपश्चिका पर्यटकीय स्थलहरु स्तरोन्नती हुन सकेका छैनन् । यस्तो अवस्थामा पूर्वाधार क्षेत्रमा खर्च बढ्नु पर्ने निरन्तर घट्दै गएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको हो ।