कामना सेवा विकास बैंकको नाफा १८७% ले बढ्यो, खराब कर्जा ३.४८ प्रतिशत « Eglish Khabarhub

कामना सेवा विकास बैंकको नाफा १८७% ले बढ्यो, खराब कर्जा ३.४८ प्रतिशत




काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

असोज मसान्तमा बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८७.५८ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ४ करोड १५ लाख ६१ हजार रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी भटेको छ भने सञ्चालन नाफा बढेको छ । गत आवको असोज मसान्तमा ५२ करोड २२ लाख ९२ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले ४९ करोड ९ लाख १० हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा भने बढेको छ । गत आवको असोज मसान्तमा ५ करोड ९३ लाख ७३ हजार रुपैयाँ रहेकोमा अहिले बढेर १८ करोड ९५ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ । गत आवको असोज मसान्तमा २५ करोड ६५ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज अहिले घटेर ९ करोड ५२ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड २२ लाख ६७ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ३.४८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ३.४० प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १८ पैसा रहेको छ ।

Publish on: