
काठमाडौं । दसैंको बिदामा पनि ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा सेवा दिने भएको छ ।
बैैंकले आज (फुलपादी) देखि बिहीबार (त्रयोदशी)सम्म खुल्ने शाखा खोलेर सेवा दिने भएको छ ।
बैंकले ग्राहकको सेवालाई मध्येनजर गर्दै बैंकले आजदेखि ९ गतेसम्म सबै प्रदेशका केही शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खोलेर सेवा दिने जनाएको छ ।
विजया दशमीको दिन काठमाडौं स्थित कान्तिपथमा रहेको कान्तिपथ शाखा मात्रै खुला हुनेछ ।

SHARE YOUR THOUGHTS