![](https://internal.appharu.com/wp-content/uploads/2016/12/Nepal-Airlines.jpg)
काठमाडौं । नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्र उडानको लागि ३ वटा नयाँ जहाज किन्ने भएको छ ।
निगमले जहाज किन्न आइतबार ४५ दिनको समय दिएर सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । निगमले छोटो दुरीको उडान तथा अवतरण गर्ने (स्टोल) जहाज किन्ने भएको हो ।
निगमले आफ्नै स्रोतबाट जहाज किन्ने भएको छ। ३ वटा जहाज किन्न निगमसँग भएको सञ्चित कोष प्रयोग गर्दै छ । उक्त कोषमा ३ अर्ब भन्दा बढी रकम रहेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/Screenshot-2023-10-22-at-08.14.59.png)
SHARE YOUR THOUGHTS