![](https://internal.appharu.com/wp-content/uploads/2023/10/NP_KTM_@-768x512.jpg)
काठमाडौं । बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् । शक्तिपीठमा दर्शनका क्रममा उनकी धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी भइन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/NP_KTM_4-512x768.jpg)
राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुग्नुभई दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरे ।
दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेल आइतबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरे ।
बडादसैँको आठौँ दिन आइतबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।
काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो लागेको थियो । त्यसैगरी, राजधानी बाहिरका महत्त्वपूर्ण शक्तिपीठमा पनि आइतबार भगवतीको पूजाअर्चना गरिएको छ
।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/2-1-1-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/3-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/4-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/5-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/8-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/11-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/14-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/16-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/NP_KTM_5-768x512.jpg)
SHARE YOUR THOUGHTS