देवचुली डाँडामा पर्यटन सप्ताह सुरु « Eglish Khabarhub

देवचुली डाँडामा पर्यटन सप्ताह सुरु


१५ कार्तिक २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह-२०८० हुने भएको छ ।

पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो । जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले देवचुली डाँडा पर्यटन प्रवर्द्धन सप्ताह आयोजना गरिएको देवचुली जेसिजका अध्यक्ष गणेश सापकोटाले जानकारी दिए ।

‘देवचुली डाँडाको महत्वलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी धार्मिक र साहसिक पदयात्रा पर्यटनको प्रवर्द्धनका लागि देवचुली डाँडाको फेदी कीर्तिपुरमा सप्ताहव्यापी कार्यक्रम पहिलोपटक गर्न लागिएको हो’, उनले भने ।

उक्त स्थानको सुन्दरता देशव्यापी बनाउने र त्यस क्षेत्रमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले सप्ताहव्यापीरूपमा यो महोत्सवको आयोजना गरिएको सापकोटाले बताए ।

देवचुली नगरपालिका प्रमुख संरक्षक रहेको पर्यटन सप्ताहको आयोजना देवचुली जेसिजले गरेको हो । पर्यटन सप्ताहअन्तर्गत वडास्तरीय खुला भलिबल प्रतियोगिता, नवलपुरमा पर्यटनको सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता, व्यापारिक तथा व्यावसायिक स्टलहरूमार्फत स्थानीय उत्पादनको पहिचान र प्रवरद्धन, जिल्लाको कृषि उपज प्रदर्शनी एवं व्यापार, स्थानीय कला–संस्कृति, सांस्कृतिक झाँकी र नाच प्रस्तुति गरिने छ ।

स्थानीय कला र संस्कृतिको प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति गरिने बताइएको छ । साथै पालिकास्तरीय युवा नेतृत्व र बहस कार्यक्रम, स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति प्रदर्शन, टिकटक प्रतियोगिता, कवि गोष्ठी एवं रचना बाचनसँगै दैनिक देवचुली डाँडाको पदयात्रा सञ्चालन गरिने सापकोटाले बताए ।

कार्यक्रमलाई अझ प्रभावकारी र रचनात्मक बनाउन देवचुली पर्यटन दौडअन्तर्गत दलदलेबाट नगरपालिका कार्यालयसम्म वडाध्यक्षहरूको दौड, नगरपालिकाबाट कीर्तिपुरसम्म मार्चपास, नवलपुरको पर्यटन साथमा देवचुली विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासमेत समावेश गरिएको कार्यक्रम संयोजक वसन्त पोखरेलले बताए ।

देवचुली डाँडा पर्यटकीय क्षेत्रका रूपमा जिल्लाकै गौरव रहेकाले यस क्षेत्रको विकासमा पर्यटन सप्ताह आयोजना गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए । ‘देवचुली डाँडा जिल्लाकै पर्यटकीय क्षेत्र हो, हामीले प्राथमिकता दिएका छौँ, नगरमात्रै होइन राष्ट्रियरूपमा यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा चिनारी गराउन पर्यटन सप्ताह फलदायी हुने विश्वास लिएका छौँ’, उनले भने ।

पर्यटन सप्ताहको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आज उद्घाटन गर्ने नगरप्रमुख न्यौपानेले बताए ।

तीनतले जिल्ला ९पहाड, भित्री मधेस र तराई०का रूपमा रहेको नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को पर्यटकीय क्षेत्रमध्ये देवचुली डाँडा पदयात्राका लागि परिचित रहेको छ । समुद्र सहतबाट करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र देवचुली डाँडा पदयात्रीहरूको रोजाइमा पर्ने गरेको छ ।

यहाँबाट नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भाग अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो–कोहीलाई पनि आनन्दित बनाउने गरेको छ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।

थारू समुदायले प्रत्येक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्ने गर्दछन् । यस दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । थारू समुदायमा यहाँ पूजाआजा गर्नाले आफ्नो कूलमा सुख, समृद्धि हुने विश्वास रहिआएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  १० : ३६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping