कोभिडअघिको अवस्थामा फर्किँदै पर्यटन व्यवसाय, पर्यटक आगमन ५९ प्रतिशतले बढ्यो « Eglish Khabarhub

कोभिडअघिको अवस्थामा फर्किँदै पर्यटन व्यवसाय, पर्यटक आगमन ५९ प्रतिशतले बढ्यो


१५ कार्तिक २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । नेपालमा पर्यटक अगामन पछिल्लो १० महिनामा करिब ५९ प्रतिशतले बढेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार अक्टोबर महिनामा ९६ हजार ८९५ जना पर्यटक नेपाल भित्रिएका छन् । यस्तो पर्यटक आगमन पछिल्लो तीन वर्षयताकै धेरै हो । याे तथ्यांक हवाइ मार्गबाट आएका र भारतीय बाहेककाे तथ्यांक हाे ।

कोरोना महामारीका कारण खुम्चिएको पर्यटन व्यवसाय पुनः पुरानै लयमा फर्किन थालेको छ । कोरोना महामारी अगाडि नेपालमा सन् २०१९ को अक्टोबरमा नेपालमा १ लाख ३४ हजार पर्यटक आएका थिए । त्यसपछि सन् २०२० को नयाँ वर्षसँगै आएको महामारीका कारण घटेको पर्यटक आगमनमा यो वर्ष सन् २०२३ को अक्टोबरमा भने तुलनात्मक रूपमा सुधार देखिएको छ ।

पछिल्लो ३ वर्ष (सन् २०२० देखि २०२२) सम्ममा पर्यटक आगमन न्यून भएपनि सन् २०२३ को पछिल्लो १० महिनाको तथ्यांकले भने पर्यटक आगमनमा उल्लेख्य सुधार भएको छ । सन् २०२३ को अक्टोबरसम्ममा नेपालमा हवाइ मार्गबाट आएका र भारतीय बाहेककाे तथ्यांक अनुसार ७ लाख ५३ हजार पर्यटक भित्रिएका छन । यस्तो पर्यटक आगमन गत वर्षको सोही अवधिसम्ममा ४ लाख ७४ हजारमात्रै थियो । तथ्यांकअनुसार यो वर्ष २ लाख ७९ हजार ५१ जनाले पर्यटक आगमन बढेको देखिएको छ ।

अक्टोबरमा मात्रै पर्यटक आगमन ८ हजार ३१३ जनाले बढेको छ । नेपालमा सेप्टेम्बर अक्टोबर पर्यटकीय सिजन भएकोले यो बेला तुलनात्मकरूपमा अन्य समयमा भन्दा बढी पर्यटक आउने गरेका छन् । यस्तो पर्यटक आगमन यो वर्ष गत वर्षको अक्टोबरको तुलनामा ९.३८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसाय कोभिड अगाडिकौ अवस्थामा फर्कन थालेको छ । अहिले पर्यटन क्षेत्र व्यस्त हुन् थालेको छ । होटल, रेस्टुरेन्ट, रिसोर्ट, एयरलाइन्स तथा हेलिकप्टर व्यवसायका लागि अहिले प्रमुख पर्यटकीय सिजन भएको छ ।

सन् २०१९ मा नेपालमा हालसम्मकै उच्च अर्थात ११ लाख ९७ हजार पर्यटक भित्रिएका थिए । त्यसपछि कोरोना महामारी लागेको कारण सन् २०२० मा २ लाख ३० हजार, सन् २०२१ मा १ लाख ५० हजार र सन् २०२२ मा ६ लाख १४ हजार पर्यटक नेपाल भित्रिएका थिए ।

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह संख्यामा राम्रो देखिए पनि क्षमता अनुुसार भने अझै पर्यटक नआएको बताउँछ। नेपालमा पूर्वाधार प्रशस्त मात्रामा बनेका छन तर सो अनुसार आगमन हुन नसकेको शाहको भनाइ छ ।

शाहले क्लिकमान्डुसँग भने ‘हरेक महिना ठूल्ठुला पाँचतारे होटल, रिसोर्ट, केबलकारसहतिका पर्यटकीय संरचना बनिरहेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको कारण पूर्वाधार प्रशस्त मात्रामा भएको लगानी यतिबेला धमाधम पूरा हुँदै सेवा सञ्चालन गर्न सक्ने क्षमता पुगेको छन् ।’

उनले थपे ‘निजी क्षेत्रले सन् २०२० लाई दृष्टिगत गरि बनाएका पूर्वाधार आंशिक पूरा हुँदा अहिले नै ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्था बनाइसकेका छौं । हाम्रो क्षमताको हिसावले भने पर्यटक आगमन अहिलेसम्म साढे ७ लाख आउनु पनि कम हो ।’

हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा कँडेल पनि कोभिडपछि सबैभन्दा राम्रो व्यवसाय अहिले भएको बताउँछन ।

उनले भने ‘ करिब ९० प्रतिशत हेलिकप्टरको व्यवसाय कोभिड अगाडिकै अवस्थामा आएको महशुस हुन थालेको छ ।’

पछिल्लो समय आन्तरिक पर्यटकको गतिविधि बढेको कारण पनि हवाई क्षेत्रमा त्यसको सकारात्मक प्रभाव देखिएको बुझाइ पनि कँडेलको छ ।

कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेले हेलिकप्टरको बुकिङ भ्याइनभ्याई भएको जानकारी दिए ।

‘पर्यटकको संख्या बढ्दा हेलिकप्टर कम्पनीलाई भ्याइनभ्याई भएको छ,’ पाण्डेले भने, ‘अधिकांश कम्पनीले महिना दिनसम्का लागि बुकिङ गरेका छन् ।’

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  १ : ५४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping