चौधरी ग्रुपले विश्वविख्यात बेलायती ब्राण्ड ‘नोथिङ’ नेपालमा ल्याउँदै « Eglish Khabarhub

चौधरी ग्रुपले विश्वविख्यात बेलायती ब्राण्ड ‘नोथिङ’ नेपालमा ल्याउँदै


१५ कार्तिक २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । चौधरी ग्रुप (सिजी)ले नेपालमा बेलायती कम्पनी नोथिङ ब्राण्डका सामानहरु ल्याउने भएको छ ।

सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो सामाजिक सञ्जालमार्फत आफूहरुले नेपालमा उक्त ब्राण्डका सामग्रीहरु ल्याउन लागेको जानकारी दिएका हुन् । बुधबार बिहान उनले सामाजिक सञ्जालमार्फत् नोथिङ र सिजिबीच साझेदारी गरेको जानकारी दिएका हुन् ।

चौधरीले नोथिङका संस्थापक कार्ल पाईलाई ३ वर्ष पुरा भएकोमा शुभकामना दिँदै सिजि र नोथिङबीचको साझेदारी भएको पनि जानकारी दिएका हुन् ।

नोथिङ पछिल्लो समयमा विश्वव्यापी बजारमा चर्चित बन्दै गएको टेक कम्पनी हो । मुख्य गरि स्मार्टफोन र एयरफोनहरुको उत्पादन गर्ने यो कम्पनीको सुरुवात ३ वर्षअघि भएको थियो । वानप्लसका पूर्वसंस्थापक समेत रहेका कार्ल पाईले यो कम्पनीको सुरुवात गरेका थिए । नोथिङबाट गत वर्ष डिसेम्बरसम्ममा १० लाखभन्दा धेरै प्रोडक्टहरु बिक्री भएको फोनएरिनाले जनाएको छ ।

नोथिङले आफ्नो उत्पादनको सुरुवात ‘नोथिङ इयर वान’बाट भएको थियो, जसको घोषणा २०२१ मा भएको थियो । कम्पनीले २०२२ मार्चमा भने आफ्नो पहिलो फोन ‘नोथिङ फोन वान’को घोषणा गरेको थियो, जुन जुलाईबाट बजारमा उपलब्ध भएको थियो । उक्त फोन किन्न गर्नुपर्ने प्रिअर्डरमा नै १ लाखभन्दा धेरैले आवेदन दिएका थिए । जुलाईमा बजारमा गएको फोन डिसेम्बरसम्म अर्थात ५ महिनामा नै ५ लाख वटा बिकेको थियो । त्यस्तै, उक्त फोन भारतमा चार महिनामा नै १ लाख वटा बिकेको थियो ।

सन् २०२३ जुलाईमा बजारमा आएको नोथिङको दोस्रो फोन ‘नोथिङ फोन टु’ सार्वजनिक गरेको थियो । दोस्रो फोन सार्वजनिक हुँदा विश्व बजार नै यसतर्फ आकर्षित भएको थियो । भारतमा यो फोन अनलाईनमा उपलब्ध भएको जानकारी पाउँ भन्दै १ करोडभन्दा धेरैले नाटिफिकेसन अन गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  १ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping