बेलायतमा ढकालले भने: नेपालको ऊर्जा र पर्यटन पूर्वाधारमा लगानी गर्नुहोस् « Eglish Khabarhub

बेलायतमा ढकालले भने: नेपालको ऊर्जा र पर्यटन पूर्वाधारमा लगानी गर्नुहोस्


१५ कार्तिक २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।

बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनमा अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा आकर्षक अवसर रहेको बताए ।

नेपालबाट आयात हुने जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयको चर्चा गर्दै उनले बढ्दो भारतीय बजारले जलविद्युत आयोजनामा लगानीको थप अवसर आएकोतर्फ ध्यानाकर्षण गराए । अर्को छिमेकी मुलुक बंगलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युतका लागि थप बजार सिर्जना भएको उनले उल्लेख गरे ।

अध्यक्ष ढकालले दुई ठुला आकर्षक ऊर्जा बजार लक्षित नेपालको जलविद्युतमा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताका साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई विशेष आमन्त्रण पनि गरे ।

यसैगरी, नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै उनले थप पर्यटकलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र प्रसिद्ध पर्यटकीय गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकाले पर्यटकहरूलाई नेपाल घुम्न थप सहज भएको छ ।

त्यसैले बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिम पार्क, हिल स्टेसन र स्तरीय होटल जस्ता पर्यटन पूर्वाधारमा लगानीको ठुलो सम्भावना रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । बहुराष्ट्रिय कम्पनीहरूले  नेपालमा गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गरिरहेकाले उत्पादन, कृषि प्रशोधन, आइसिटीसहित अन्य क्षेत्रमा लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरे ।

नेपालको निर्यात बजार विस्तार भइरहेको र विभिन्न मुलुकहरू सँग सहुलियतपूर्ण व्यापार सम्झौताहरूसमेत भएकाले नेपालमा निर्यात केन्द्रित लगानीको अवसर रहेकोतर्फ पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन महासंघले लगानीकर्तालाई सहयोग गर्न संरचना तयार रहेकोतर्फ पनि अध्यक्ष ढकालले विश्वस्त रहन आग्रह गरे ।

बेलायतस्थित नेपाली दूतावासको पहलमा आयोजित लगानी सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतसहित बेलायतको अन्तर्राष्ट्रिय लगानी निकायका उच्च अधिकारीहरू र बेलायती निजी लगानीकर्ताले लगानीका अवसरहरूबारे छलफल गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  ३ : ०५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping