पर्यटन मार्गले बदल्यो गोरखाको स्यालागाउँ « Eglish Khabarhub

पर्यटन मार्गले बदल्यो गोरखाको स्यालागाउँ


१५ कार्तिक २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

सांकेतिक तस्बिर

गोरखा । गोरखाको उत्तरी भागमा रहेको चुमनुर्बी गाउँपालिका २ मा पर्छ स्याला गाउँ । पर्यटन मार्ग सञ्चालन भएपछि स्याला गाउँ बदलिएको छ । आजभन्दा १२ वर्षअगाडि स्याला गाउँमा तीते फापर र कोदो फलाउने स्थानीयहरूले हाल होटल व्यवसाय सञ्चालन गरेर आर्थिक आयआर्जन गरिरहेका छन् ।

हाल उत्तरी गोरखाको लार्केपास पुग्न गोरखाको माछिखोलाबाट पैदलयात्रा गर्नुपर्ने हुन्छ । विस्तारै हिँड्ने हो भने चार दिनपछि स्यालागाउँ पुगिन्छ । स्याँलागाउँबाट चारैतिर हिमाल देखिने भएकाले आन्तरिक तथा बाह्य पर्यटक एक रात स्यालागाउँमा बास बसेर सामागाउँ पुग्छन् ।

स्थानीयवासीका अनुसार धेरै वर्ष पहिले स्यालागाउँमा चौँरी चराउन र आलु उत्पादन गर्नलाई वर्षातको समयमा बस्ने गरिन्थ्यो । बाँकी हिउँदको समयमा स्थानीयवासी ल्हो गाउँमा बसोबास गर्ने गर्थे । जब २०६८ सालमा पर्यटन मार्ग सुञ्चालन भयो त्यसपछि स्यालागाउँका स्थानीयवासीले क्याम्पिङ गर्ने पर्यटकलाई चिया पसल सञ्चालन गरेर सेवा दिएका थिए ।

बिस्तारै बाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुन थालेसँगै स्यालागाउँका स्थानीयले होटल व्यवसाय सञ्चालन गरे । अहिले काठले छाएका पुराना घरहरुसँगै टिनले छाएका नयाँ आकर्षक घरहरू बनेका छन् । सुविधायुक्त होटलहरु सञ्चालनमा आएका छन् ।

ठूलै लगानी गरेर होटल सञ्चालन गरेका होटल व्यवसायीका पीडा भने आफ्नै छ । पर्यटन मार्ग सुरु भएर पर्यटकको आवागमनमा वृद्धि हुनेबित्तिकै २०७२ सालको भूकम्पले पर्यटन व्यवसयलाई धरापमा पारिदियो । मोटो रकम लगानी गरेर होटल सञ्चालन गरेर घाटामा जानु परेको होटल व्यवसायीको दुःखेसो छ ।

भूकम्प र लकडाउनका कारण पर्यटन व्यवसाय खस्केको चुमनुर्वी गाउँपालिका २ का निवर्तमान वडाअध्यक्ष पेम्बा रेता बताउँछन् । उनले भने, ‘व्यवसाय सञ्चालन गरेको बेला भूकम्पले ठप्प बनायो । भूकम्पपछि उठेको पर्यटन व्यवसाय फेरि पनि लकडाउनले ठप्प बनायो । अहिले विस्तारै फेरि पर्यटन व्यवसायमाथि उठ्दैछ ।’

पर्यटन व्यवसायले स्याला गाउँको मात्र आर्थिक आयआर्जनलाई फाइदा नगरेर देशको आर्थिक वृद्धि हुने हुँदा राज्यले पर्यटन व्यवसायलाई ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ । बाह्य पर्यटकहरूलाई सरकारले धेरै कर लगाउने र एउटै मार्गमा पनि ठाउँठाउँमा शुल्क तिराउने भएकाले बाह्य पर्यटक घट्न सक्ने चुमनुर्बी २ का वडा निवर्तमान अध्यक्ष पेम्बा रेताको भनाइ छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  ४ : १६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping