![](https://internal.appharu.com/wp-content/uploads/2021/08/global-IME-Bank-768x495.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा ३.०४ प्रतिशतले बढेर १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशतले बढेर ४ अर्ब ८० करोड १५ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ६.४२ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ८५ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २१ ऋर्ब १० करोड ६७ लाख १४ हजार रुपैयाँ रहेको छ । ४ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ५७ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा २.१० प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा भएको बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS