![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा बोनस १३ प्रतिशत र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश रहेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS