काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार राताम्मे हुँदा कारोबार रकम पनि घटेको छ ।
कारोबारको सुुरुदेखि घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । अन्तिम ९ मिनेटमा भने बजारले थोरै यू टर्न गर्न खोज्यो । बजार मापन गर्ने परिसूचक कारोबार सकिन ९ मिनेट बाँकी हुँदा १८२२.३४ बिन्दुमा रहेको बजार अन्तिम समयमा ७.३१ अंकले बढेर १८२९.६५ बिन्दुमा रोकिएको छ । बजार मापन गर्ने सूचक २३.८२ अंकले घटेको छ ।
कारोबारमा २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको ६.२८, विकास बैंक ३१.७४, वित्त २५.२७, होटल १२९.२६, जलविद्युत २७.०९, जीवन बीमा ११९.९६, उत्पादन तथा प्रशोधन १५२.६५, माइक्रोफाइनान्स ९७.१७, निर्जीबन बीमा १३४.१९, ट्रेडिङ समूहको २९.९७, अन्य समूहको उपसूचक २४.४४ अंकले घटेको छ । कारोबारमा २०१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
कारोबार मेन्चियाम हाईड्रोपावर, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया फेक्स क्याप फण्डका लगानीकर्ताले कमाएका छन् भने माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी, महिला लघुवित्त, उपकार लघुवित्त, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ७८ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सोनापुर मिनरल्स एण्ड आयल र शिवम सिमेन्ट रहेका छन् ।
SHARE YOUR THOUGHTS