![](https://internal.appharu.com/wp-content/uploads/2023/11/Nabil-bank-1.jpg)
काठमाडौं । नबिल बैंकले अहिलेसम्मकै कम लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत वर्ष २०७९/८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बिहीबार बिहान बसेको सञ्चालक समितिको ६४४औं बैठकले गत वर्षको सञ्चित नाफाबाट ११ प्रतिशत लाभांश दिने निर्णय भएको जनाएको छ । सञ्चालक समितिको निणर्यअनुसारको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
नबिल बैंकले यसअघिका १० वर्ष ३० प्रतिशतभन्दा कम लाभांश दिएको थिएन । आव २०७८/७९ को नाफाबाट कम्पनीले सेयरधनीलाई १८.५ प्रतिशत बोनस र ११.५ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिएको थियो ।
बैंकले आव २०७७/७८ मा ३८, आव २०७६/७७ मा ३५.२६, आव २०७५/७६ र २०७४/७५ मा ३४/३४ तथा आव २०७३/७४ मा ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
SHARE YOUR THOUGHTS