![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न समयमा निष्कासन गरेका विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
राष्ट्र बैंकले असोज यता ९ पटक निष्कासन गरेको विकास ऋणपत्र सूचीकृत भएको हो ।
जसमा विकास ऋणपत्र ६ अर्ब ८० करोड रुपैयाँको २०८६ ‘ज’, १० अर्बको २०८६ ‘झ’, ८ अर्ब ८० करोडको २०८६ ‘ट’, ५ अर्ब ६० करोडको २०८६ ‘ञ’, ६ अर्ब ९५ करोडको २०८६ ‘ठ’, १० अर्बको २०८५ ‘ञ’ १३ अर्ब १० करोडको २०८५ ‘ग’, १० अर्बको २०८८ ‘ङ’ र १० अर्बकै २०८८ ‘घ’ रहेको छ । सबैको ब्याजदर ७ प्रतिशत रहेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/stock-data-678x768.jpg)
SHARE YOUR THOUGHTS