
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।
बैंकले ७ वर्ष अवधिका लागि ९ प्रतिशत ब्याज दिने ‘७ वर्ष, ९% नबिल डिभेन्चर २०८७’ निष्कासन गर्न स्वीकृती दिएको हो ।
यो सँगै बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले ऋणपत्र निष्कासन गर्ने छ ।
१ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र बैंकले विभिन्न कम्पनी तथा संस्थालाई बिक्री गर्ने छ भने १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन हुनेछ । बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।
SHARE YOUR THOUGHTS