![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले पुस ४ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई १२.३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले घोषणा गरेको लाभांश पाउन मंसिर २२ गते बुक क्लोज गर्ने भएको छ । मंसिर २१ गतेसम्म कायम रहेका सेयधरधीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले सभामा सञ्चालक समितिमा सर्वसाधारण सेयधरनीका तर्फबाट निर्वाचित एक जना संचालकको कार्यकाल आगामी पुस २० गते सकिने हुँदा उक्त स्थानमा नयाँ सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
यस्तै सभामा संस्थाको वित्तीय विवरणमा छलफल गरिने, संस्था मर्ज तथा प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ । संस्थाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS