राष्ट्र बैंकले १.१ प्रतिशत ब्याजदर मै उठायो बजारबाट पैसा « Eglish Khabarhub

राष्ट्र बैंकले १.१ प्रतिशत ब्याजदर मै उठायो बजारबाट पैसा


१३ मंसिर २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछी नेपाल राष्ट्र बैंकले बजारबाट धमाधम पैसा उठाउन थालेको छ ।

मंसिर ६ गते १० अर्ब र १२ गते १० अर्ब उठाएको राष्ट्र बैंकले बिहीबारका लागि थप १५ अर्ब रुपैयाँ उठाएन सूचना जारी गरेको छ ।
बुधबार राष्ट्र बैंकले १.१ प्रतिशत ब्याजदरमा नै बजारबाट पैसा उठाएको छ । राष्ट्र बैंकले १.१ देखि १.२४ प्रतिशतसम्म ब्याजदरमा पैसा उठाएको हो । यसअघि साउन ६ गते १.६ देखि २.१७२३ प्रतिशत ब्याजदरमा पैसा उठाएको थियो ।

बोलकबोल विधिबाट कम ब्याजदर प्रस्ताव गर्ने बैंकबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्नेछ । राष्ट्र बैंकले तोकेको निक्षेप संकलन दरभन्दा अन्तर बैंक ब्याजदर कम भए पनि एक सातामै तेस्रो पटक राष्ट्र बैंकले बजारबाट पैसा उठाउन लागेको हो ।

राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ उठाउँदा समेत अन्तर बैंक ब्याजदर २ प्रतिशतभन्दा कम नै रहेपछि राष्ट्र बैंकले तेस्रो पटक बजारबाट ७ दिन अवधिका लागि निक्षेप संकलन गर्न लागेको हो ।

पछिल्लो ३ महिनादेखि अन्तर बैंक ब्याजदर निक्षेप संकलन दरभन्दा कम हुँदा समेत राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन नगर्दा आलोचना हुँदै आएको थियो ।

ब्याजदर करिडोरसम्बन्धी कार्यविधिअनुसार अन्तर बैंक ब्याजदर बैंक दरभन्दा बढी भएको अवस्थामा राष्ट्र बैंकले रिपो जारी गर्नुपर्ने र निक्षेप संकलन दरभन्दा अन्तर बैंक ब्याजदर कम हुँदा निक्षेप संकलन गर्नुपर्छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार ००:००  ५ : ४३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping