![](https://internal.appharu.com/wp-content/uploads/2022/04/Machhapuchhre-bank-MBL-1-768x431.jpg)
काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेका छन् ।
बैंकको संस्थापक सेयरधनी इन्दु कुमारी कार्कीले ६२ हजार १६५ कित्ता सेयर बिक्री गर्न लागेकी हुन् । उनको नाममा रहेको सेयर बिक्री गर्न यसअघि नै सूचना जारी गरेको थियो ।
संस्थापक सेयरधनीले माग अनुसार सेयरमा आवेदन नदिएपछि पुनः आवेदन माग गरिएको छ । उक्त सेयरमा आवेदन दिन संस्थापक सेयरधनीका लागि ७ दिनको सूचना जारी गरिएको छ ।
उक्त अवधिमा विद्यमान सेयरधनीले आवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थाले उक्त सेयर बिक्री गरिने जनाइएको छ ।
SHARE YOUR THOUGHTS