मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौद्रिक नीतिको समीक्षा शुक्रबार आउँछ, अर्थसचिव बाहिर भएर समय लागेको हो: गभर्नर


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो समीक्षा शुक्रबार सार्वजनिक गर्ने भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बुधबार गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षा शुक्रबार आउने बताएका हुन् ।

‘मौद्रिक नीतिको समीक्षा शुक्रबार आउँछ, अर्थसचिव बाहिर भएर समय लागेको हो,’ बैठकमा उनले भने ।

समयमै मौद्रिक नीतिको समीक्षा सार्वजनिक नहुँदा राष्ट्र बैंकले कस्तो नीतिगत मार्गदर्शन गर्न खोजेको हो भन्ने विषयमा अलमल हुने राष्ट्र बैंककै अधिकारीले बताउँदै आएका छन् ।