![](https://internal.appharu.com/wp-content/uploads/2023/12/Capture-1-768x377.jpg)
काठमाडौं । वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको जिम्बेवारी हेरफेर गरिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले केन्द्रिय बैंकको शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागबाट डा. गुणाकर भट्टलाई हटाएर गुरु पौडेललाई प्रमुख बनाएका हुन् ।
भट्टलाई यसअघि पौडेल प्रमुख रहेको भुक्तानी प्रणाली विभागमा भट्टको सरुवा भएको छ । भट्ट लामो समयदेखि शक्तिशाली मानिने नियमन, सुपरिभिजन र रिसर्च विभागमा थिए ।
भट्ट र पौडेल दुबैले मंसिर २४ गते आइतबारदेखि आफ्नो नयाँ विभागीय जिम्मेवारी सम्हाल्नेछन् ।
SHARE YOUR THOUGHTS