![](https://internal.appharu.com/wp-content/uploads/2023/12/maudik-niti-2080-768x403.png)
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असार सम्मका लागि स्रोतको रुपमा गणना गर्न पाउने भएका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै यस्तो व्यवस्था गरेको छ । २०८० पुससम्मको लागि स्रोतको रुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेको थियो ।
केन्दीय बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै २०८० पुस मसान्त पश्चात् उक्त उक्त डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असार सम्मका लागि स्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था मिलाइने जनाएको छ ।
SHARE YOUR THOUGHTS