![](https://internal.appharu.com/wp-content/uploads/2021/11/NIC_Asia_Bank-768x397.jpg)
काठमाडौं । एनआइसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले पुस १ गतेदेखि नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक भएको हो ।
बैंकले मंसिरको तुलनामा पुसमा बैंकले ब्याजदर घटाउने भएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा मंसिर महिना अधिकतम ८.९७ प्रतिशत ब्याज दिंदै आएकोमा पुसमा घटाएर ८.६७ प्रतिशत ब्याज दिने भएको छ । मुद्दतिमा न्यूनतम ७ प्रतिशतसम्म ब्याज रहेको छ । बैंकले संस्थागत मुद्दति निक्षेपमा ५.५० देखि ६.६७० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले बचतमा ४.४५ प्रतिशत ब्याज दिने जनाएको छ ।
बैंकको पछिल्लो आधारदर १०.७० प्रतिशत रहेको छ । बैकबाट कर्जा लिँदा आधारदरमा अधिकतम ३ प्रतिशत प्रिमिमय थपेर १३.७० प्रतिशतमा कर्जा दिने जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/12/385541665_738960668263590_3926766035405900489_n.jpg)
SHARE YOUR THOUGHTS