![](https://internal.appharu.com/wp-content/uploads/2018/08/ICFC-PIC.jpg)
काठमाडौं । आईसीएफसी फाइनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ । फाइनान्सले ६.५० प्रतिशत नगद लाभांश दिने भएको छ ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS