![](https://internal.appharu.com/wp-content/uploads/2018/08/Chilime-Hydro-Power-Company.jpg)
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेकोमा १० प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।
कम्पनीले पुस २० गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/12/image-6-695x768.png)
SHARE YOUR THOUGHTS