मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मर्सिडिजको हाइब्रिड कार एएमजी सीएलई ५३ सार्वजनिक


एजेन्सी । जर्मनीको गाडी निर्माता कम्पनी मर्सिडिज बेन्जले विश्व बजारमा नयाँ मर्सिडिज–एएमजी सीएलई ५३ कूपलाई सार्वजनिक गरेको छ।

हाल बजारमा रहेको मर्सिडिजको सिएलई क्लास गाडीकै लाइनअपमा आधारित रहेको नयाँ गाडी मर्सिडिजले सार्वजनिक गरेको हो । आक्रमक डिजाइन तथा नयाँ इन्टेरियरसहितको यो गाडीमा ६ सिलिन्डर हाइब्रिड इञ्जिन रहेको छ ।

गाडीको अगाडिको भागमा मर्सिडिजको सिग्नेचर पेनामेरिकाना ग्रिललाई समेटिएको छ । जसमा दुई एलईडि हेडल्याम्प रहेका छन् ।

कम्पनीले गाडी सार्वजनिक गर्दै दाबी गरेअनुसार यसले ४.२ सेकेन्डमा शुन्यबाट १ सय किमि प्रतिघण्टाको गति लिन सक्छ ।