![](https://internal.appharu.com/wp-content/uploads/2020/07/stock-1-1.jpg)
काठमाडौं । साताको पहिलो आइतबार सेयर बजारमा करिब ८ मिनेटको कारोबार हुँदा सकारात्मक सर्किट लागेर बजार बन्द भएको छ ।
यो दिन लगातार तीन पटक सर्किट लागेको छ । कारोबारमा सबैभन्दा बढी आकर्षक जलविद्युत कम्पनीमा देखिएको छ । सबै समूहको उपसूचकमा हरियाली छाउँदा जलविद्युत समूहको उपसूचक ८.६३ प्रतिशतले बढेको छ । १२ वटा उपसमूहमा सबैभन्दा बढी जलविद्युत समूहको उपसूचकमा बढोत्तरी देखिएको छ ।
जलविद्युतसँगै होटल एण्ड पर्यटक समूहको उपसूचक ६.७२, वित्त ६.५९, विकास बैंक समूहको उपसूचक ६.५९ अंकले बढेको छ । यस्तै लगानी समूहको ६.४९, बैंकिङ ५.६८, जीवन बीमा ५.३०, माइक्रोफाइनान्स ५.५६, निर्जीबन बीमा ५.२२, अन्य ४.५१ प्रतिशतले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/12/image-15-768x436.png)
SHARE YOUR THOUGHTS