![](https://internal.appharu.com/wp-content/uploads/2021/03/Shine-resunga-development-bank-srdbl.jpg)
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई प्रकाश पौडेललाई १ करोड १२ लाख १३ हजार ९०४ रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले सीईओ पौडेललाई आर्थिक वर्ष २०७९/०८० मा तलब, भत्ता, दसैं, बोनस, सञ्चयकोष तथा बिदा वापतको तलब समेत १ करोड १२ लाख १३ हजार ९०४ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकले पौडेललाई गत माघ १ गते सीईओमा
पुनःनियुती गरेको जनाएको छ ।
उनको एक कार्यकाल सकिएपछि पुनः नियुक्ती दिएको थियो ।
SHARE YOUR THOUGHTS